Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालसँग सीमा विवाद छैन : चीन

काठमाडौं — छिमेकी मुलुक चीनले नेपालसँग कुनै प्रकारको सीमा विवाद नरहेको बताएको छ। हुम्लाको नाम्खा क्षेत्रमा चीनले नेपालको भूमि मिचेको भनेर विरोध भएपछि सरकारले सीमा विवादबारे छानबिन गर्न समिति बनाएको थियो।

चीनले नेपाल सरकारको सोही निर्णयप्रति लक्षित गर्दै नेपालसँग सीमा विवाद नरहेको प्रतिक्रिया दिएको हो। नेपालस्थित चीनियाँ राजदूतवासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैंले स्पष्ट पारिसकेको जानकारी दिएको छ।

नेपाल र चीनले १९६० को दशकमा नै छलफलबाट सीमा विवाद समाधान गरिसकेको चिनियाँ पक्षको दाबी छ। दुई देशबीचको सम्बन्धमा दरार ल्याउन पहिला पनि कसैले उचालेको र सीमा विवादबारे नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ चिनियाँ पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077