Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला तुइन घटना प्रकरण : भारतसँग कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

    दार्चुला तुइन घटना प्रकरण : भारतसँग कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ ।  गृह मन्त्रालयले दार्चुला तुइन घटना प्रकरणमा भारतसँग कूटनीतिक पहल थाल्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।

    बिहीबार गृहले परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो ।



    स्रोतका अनुसार गृहले बुधबार दिनभर पत्रको व्यहोरा र कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्श र सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो । त्यसपछि परराष्ट्रलाई पत्र पठाइएको हो।



    गत साउन १५ गते महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले तुइनको डोरी काटीदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उक्त जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी गृहले परराष्ट्रलाई पत्र पठाएको हो।

    घटनाको तेस्रो दिन साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले यससम्बन्धी सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेका थिए । समितिले मंगलबार मन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै घटना गस्कुमा रहेका एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो ।

    सोही सुझावका आधारमा गृहसचिव टेकनारायण पाण्डेले सचिवस्तरीय निर्णय गरी प्रतिवेदनसहित परराष्ट्रलाई पत्र पठाएका हुन् । घटनाको महिनादिन बितिसक्दा पनि यसबारे परराष्ट्रले कुनै प्रतिक्रिया जनाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार