Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली कांग्रेस पौडेल समूहबाट सभापतिमा एकजना मात्र लड्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने निष्कर्ष निकालेको छ। मंगलबार पौडेल निवास बोहोराटारमा बसेको बैठकले भदौ २२ अघि सरकारले पूर्णता नपाउने निश्कर्ष निकालेको हो।

नेकपा एकीकृत समाजवादी पार्टी आन्तरिक कुरामा अलमलिएको र २२ पछि जनप्रतिनिधिहरुले दल राजीसकेपछि सरकारले पूर्णता पाउने निष्कर्षमा पुगिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकले मन्त्रालयबारे छिटो टुंगो लगाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषयनै प्रवेश गराउने काम अझै नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ।

पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ बैठकमा पार्टीको आसन्न महाधिवेशनमा आफ्नो पक्षबाट एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिवद्धता नेताहरुले व्यक्त गरेका छन्।

सहमतिमा एक जना सभापतिमा लड्ने विषयमा छलफल भएको बताइएको छ। पौडेल पक्षभित्र १४ औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकांक्षी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077