Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१ हजार ३ सय किलो एसिडसहित तीनजना पक्राउ

पोखरा । प्रहरीले एक हजार ३ सय किलो एसिडसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर बिक रहेका छन्।

उनीहरुले अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट उक्त मात्राको सिलबन्दी तथा लेबलिङ नगरिएको एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार केजी एसिड बरामद गरेको थियो। लेबलिङ नगरिएको र अनुमति नलिइकन गाडीमा एसिड लिएर उनीहरु पोखरा पुगेका थिए।

पोखरा महानगरपालिका–२ मैरिया टोलस्थित अभिषेक औजार पसलबाट अनुमति बिना बेच्न राखिएको थप ३ सय ५० केजी एसिड बरामद गरिएको हो। आरोपीहरुलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ बमोजिम म्याद लिएर अनुसन्धान शुरु गरिएको छ। थप अनुसन्धान पछि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077