Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल स्वदेश फिर्ता, स्वागत गर्न विमानस्थलमै पुगे माधव नेपाल

काठमाडौं । भारतस्थित नयाँ दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किएका छन् ।

खनालको सचिवालयका अनुसार उनी आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका खनाल पछिल्लो समय भारतस्थित नयाँ दिल्लीमा उपचाररत रहेका थिए । उनको भारतको अपोलो अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो।

कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

खनाललाई विमानस्थलमा स्वागत गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरु पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077