Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिर्गौला प्रत्यारोपणपश्चात् झलनाथ खनाल आज स्वदेश फर्किदै

काठमाडौं । भारतस्थित नयाँ दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किने भएका छन्।

खनालको सचिवालयका अनुसार उनी आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका खनाल पछिल्लो समय भारतस्थित नयाँ दिल्लीमा उपचाररत रहेका थिए । उनको भारतको अपोलो अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो।

कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077