Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिबानसँग वार्ता गर्न बेलायतले राख्यो यस्तो सर्त, बेलायती प्रधानमन्त्री र जर्मन चान्सलरबीच छलफल

एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र जर्मन चान्सलर एन्जेला मर्केलले तालिबान नेतृत्वको अफगानिस्तानका विषयमा महत्वपूर्ण छलफल गरेका छन्।

बेलायती सरकारका एक प्रवक्ताका अनुसार जोन्सन र मर्केलबीच फोन वार्ता भएको हो। वार्तामा दुबै देश कुनै पनि नयाँ अफगान सरकारसँग कुरा गर्नका लागी रोडम्याप बनाउने र यस मामिलामा जी–७ देशको समूहसँग मिलेर काम गर्न सहमत भएका छन्।

‘प्रधानमन्त्रीले जोड दिँदै जो मानिस देश छाड्न चाहन्छन् उनीहरुलाई सुरक्षितसँग त्यहाँबाट बाहिरिने अनुमति दिएको खण्डमा मात्र तालिबानसँग कुनै पनि सम्झौता हुने बताएका छन्,’ ती प्रवक्ताले भने।

यसैबीच अमेरिकासँग शान्ति वार्ताको नेतृत्व गर्ने एक तालिबान अधिकारीले समूहको शासनमा विदेशी सेना फिर्तापछि देश छोड्न चाहने अफगानिस्तानका लागि सीमा खुला रहने बताएका छन्।

‘यस सन्दर्भमा मानिसहरुमा कुनै प्रतिबन्ध हुने छैन,’ एक टेलिभिजन सम्बोधनमा शेर मोहम्मद स्टेनिकजाईले भने। ‘सही र कानूनी कागजात भएका मानिसहरु देश बाहिर यात्रा गर्न वा कुनै पनी समयमा देशमा आउन सक्छन्’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077