काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनभित्रबाट प्रतिगमनका नाइके देखा परेको बताएका छन् । प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै उनले स्थायित्वका लागि गरेको कम्युनिस्ट एकताले पूर्णता पाउन नसकेको बताए ।
आज वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने–‘कम्युनिष्टहरूलाई एक ठाउँमा राखेमा स्थायित्व होला भन्ने ठानेर प्रस्ताव गरेको थिए । तर, दुर्भाग्य अगाडि जान सकेन,ु अहिले भयानक प्रतिगमनको नाइकेहरू कम्यनिष्ट आन्दोलबाट देखा परे ।’
प्रतिनिधिसभा विघटनपछि देशव्यापी आन्दोलन गर्नुपरेको पनि दाहालको भनाइ थियो । प्रतिनिधिसभा पुनःस्थापना नभएको भए मुलुक र संविधान खतरामा जाने ठानेर सडक आन्दोलनमा उत्रिनुपरेको उनको भनाई थियो ।
अहिले ५ दलको सत्तारुढ गठबन्धन बनेको भन्दै त्यसलाई जोगाउन लागि पुर्नुपर्ने अवस्था आएको दाहालले बताए । उनले भने–‘अहिले गठबन्धन छ । ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानको रक्षाको निम्ती सुदृढ गर्नुछ ।’
दाहालले नेकपामा रहेका बेला माओवादीबाट गएका नेताहरू प्रताडित भएको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले उनले बन्दुक समातेर होइन अब औजार समातेर जनतासँग जोडिएर उनीहरूको सेवा गर्नुपर्ने दिन आएको बताए।
विचामा मौलिकता दिन नसक्ने र आदर्शको निम्ति नलड्ने हो भने माओवादीको अस्तित्व नरहने बताउँदै उनले भने–‘‘जनपरिचालनलाई नयाँ उचाइमा उठाएर ज्ञान र प्रविधिलाई प्रयोग गरी समाजवादी क्रान्ति गर्नु छ । हामी पनि अरु राजनीतिक दलजस्तै हो भने किन अलग्गै पार्टी हुनपरो, त्यहीँ गएर बसे भयो नि ।’
त्यसकारण जनतालाई झुठ नबोल्ने, नठग्ने, मुखले एकथरी र व्यवहारले उल्टो गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले आफूहरू सिधा सिधा बुझ्ने भन्दै खासगरी एमाले केपी ओली प्रवृत्ति पछिल्लोपटक सहनुपरेको उनले बताए।
‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ, ओली कति राम्रो कुरा गर्थे,’ उनले भने,‘के को लागि भनेको त भ्रष्टाचार छोप्नको लागि पो भन्नु हुँदोरहेछ। लेवल एउटा रक्सी अर्कै राख्नुहुँदो रहेछ।’
ओलीसँग सहकार्य गरेर आफूलाई बेकार भने नलागेको उनले बताए। ‘कतिपयले बेकार एकता गरेछ भन्ने पनि भन्लान्, लागेको होला। मलाई लागेको छैन। कुरा राम्रै थियो, अध्यक्ष पनि प्रधानमन्त्री पनि पालोपालो। ठगी धन्दा रहेछ। तमसुकमा सही गरेपछि हुन्छ होला भन्ने भयो। लगेको लगै पारे,’ उनले भने।
ओलीले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा(आधा कार्यकाल रहने सहमति गरेर पछि हटेको दाहालले बताए ।‘अध्यक्ष र प्रधानमन्त्री पालो(पालो भन्ने सहमति थियो । तर त्यो त उनको ठगी धन्दा रहेछ । हामीलाई त तमसुकमा हेरेपछि त भयो भन्ने भयो’ दाहालले भने ।
Leave a Reply