Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चोरेको गाई हिँड्न नसकेपछि बाटामै मारिदिए, एकजना पक्राउ

बझाङ – गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ। गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले जिल्लाको खप्तडछान्ना गाँउपालिका–५ का २८ वर्षीय जनक आग्रीलाई पक्राउ गरेको हो।

आग्रीले खप्तडछान्ना–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई चोरेर लाने क्रममा गर्भीणी गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टी नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका आग्रीमाथि यही भदौ ८ गते गाई चोरी गरी र मारेको अभियोगमा भदौ ११ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

पक्राउ परेका आग्रीमाथिको अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा दुईदेखि सातवर्ष कैद वा रु २० हजारदेखि ७० हजार जरिवाना र गाई मारेको अभियोगमा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077