Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी नेताको सनसनीपूर्ण खुलासा : 'एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले नेकपा एमालेसँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन् ।

बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको बताए ।

'पार्टी एकता दीर्घकालीन सोचले भएको होइन । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो, उनले भने। सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको पूर्वसांसद पोखरेलले जिकिर गरे ।

माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले सङ्गठन निर्माणमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077