Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीमा रातु नदीले तटबन्ध कटान गर्दा तिलगढ डुबानमा, तस्बिरमा हेर्नुहोस्

महोत्तरी । महोत्तरीको रातु नदीमा आएको बाढीले बल्वा नगरपालिकाको वडा नम्वर ४ तिलगढमा रातु नदीको तटबन्ध कटान गर्दा तिलगढ डुवानमा परेको छ ।

वर्षा सँगै आएको बाढीले ४ नम्वर वडा पूर्ण रुपमा डुबानमा परेका छ । त्यस्तै वडा नम्वर ११ रौजामा समेत तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा समेत पानी पसेको स्थानी लक्ष्मण मण्डलले जानकारी दिए ।

तटबन्ध कटान क्षेत्र तर्फ नेपाली सेना र अन्य सुरक्षा निकायको टोली पठाउन लागिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले वताए ।

यता तिलगढमा केहि घरमा अत्यधिक पानीको बहावले गर्दा उक्त घरमा रहेकाहरुलाई उद्धार गर्ने प्रयास भईरहको उनले बताए ।

तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077