Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश भवनभित्र रुख ढलेपछि विद्युत अवरुद्ध, मन्त्री साहको निवासको पर्खाल भत्कियो

रामनारायण यादव / जनकपुरधाम । प्रदेश नम्वर २ स्थित मधेश भवनभित्र अविरल वर्षाका करण एउटा रुख ढलेपछि विद्युत अवरुद्ध भएको छ ।

मधेश भवनभित्रको एउटा रुख ढलेपछि विद्युतको पोल भाँचिदा विद्युत अवरुद्ध भएको हो । आज (बिहीबार) बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको निवासको पर्खाल समेत भत्किएको छ ।

मन्त्रीका स्वकीय सचिव नवनीत झाले भने, ‘रुखले ठूलो पिलर भएको पर्खाललाई भत्काएको छ भने विद्युतका पोल समेत ढलेको छ ।’

स्वकीय सचिव झाका अनुसार झण्डै ५० फिटको रुख एक्कासी ढलेको हो । जनकपुर चुरोट कारखानाको भवनभित्र प्रदेश सरकारले मन्त्रालय बनाएको छ भने निवास पनि यहींभित्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077