Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानव तस्करीको आशंकामा इजिप्ट जान लागेका २४ यात्रुलाई अध्यागमनले फर्कायो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले इजिप्ट जान लागेका २४ जना यात्रुलाई मानव तस्करीको आशंकामा फर्काएको छ।

सोमबार राति अध्यागमन कार्यालयले शंकास्पद ढंगले टर्किस एयरको ‘टीके ७२७’ नम्बरको उडानबाट इजिप्ट उड्न लागेका २४ जना नेपालीलाई विमानस्थलबाटै फर्काएको हो ।

आध्यागमनका अनुसार फर्काइएका उनीहरु सबैले इजिप्टको पर्यटक भिसा लिएका थिए । उनीहरुको इजिप्ट भ्रमणको यात्रा शंकास्पद रहेको र उनीहरुले यात्राको उद्देश्यसमेत स्पष्ट खुलाउन नसकेपछि उनीहरुलाई इजिप्ट जान अनुमति नदिइएको अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यले बताए।

बैद्यका अनुसार अध्यागमनले इजिप्ट जान नदिनुको कारणसहितको पत्र उनीहरुलाई थमाएको छ। पत्रमा भ्रमणको उद्देश्य स्पष्ट नभएको र आवश्यक कागजात समेत पेश गर्न नसकेका कारण प्रस्थान अनुमति नदिएको उल्लेख छ।

यसअघि उनीहरुले घुम्नका लागि इजिप्ट जान लागेको भन्दै अध्यागमनका कर्मचारीसँग यात्रा अनुमति दिन पटक-पटक आग्रह गरेका थिए।  अन्तर्राष्ट्रिय मानव तस्करको सञ्जालले उनीहरुलाई इजिप्ट हुँदै युरोप र अमेरिका लैजाने तयारी भएको हुन सक्ने अध्यागमनका अधिकारीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077