Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समिरमानसँग मिलेर असुली धन्दा चलाएका पूर्व गृहमन्त्रीका भाइ सजाय काटेर छुटे

काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा सजाय काटेर जेलबाट छुटेका छन् । थापालाई उच्च अदालत पाटनले २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो ।

डिल्लीबजार कारागारमा डेढ वर्षको सजाय काटेका थापाको कैद सजाय पूरा भएपछि सोमबार रिहा गरिएको डिल्लीबजारका जेलर वसन्त पुरीले जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नरेशलाई गुण्डा नाइके समीरमानसिंह बस्नेतसंग मिलेर आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका  बस्नेत भने अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् । उनकै समूहसँग नरेशको संलग्नता देखिएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

व्यापारीलाई धम्क्याएर रकम असुलीमा सक्रिय देखिएका नरेशलाई प्रारम्भमा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत पाटनका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले सोही मुद्दामा सुनुवाइ गर्दै जिल्लाको आदेश उल्टाएर धरौटी खारेज गरिदिएपछि नरेश जेल बसेका थिए।

केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ समेत सञ्चालन गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077