Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • डिआइजी ,एसपी र इन्स्पेक्टरकै मिलेमतोमा भिस्वा नाकाबाट तस्करी

    डिआइजी ,एसपी र इन्स्पेक्टरकै मिलेमतोमा भिस्वा नाकाबाट तस्करी

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 6K
    SHARES

    पर्सा।  सिमा नाकाको सुरक्षा हेर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । सोतका अनुसार बोर्डर आउट पोष्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर ) सन्जिब बानियाँले भिस्वा सिमा नाकाबाट सेटिङमा तस्करी गराएको खुलासा भएको हो।  सशस्त्र प्रहरी निरीक्षक बानियाँले तस्करीको लाइन दिएकाहरूमा भिस्वाबाट किशोर जयसवाल, उनका छोरा मुना जयसवाल र उनका भतिज रामु जयसवाल मुख्य छन् ।

    उनीहरुको तस्करीका समान ठेक्कामा  सिमानाका कटाउनेमा भिस्वाका लडु र सिकटाको पप्पु रहेका छन् । उनीहरूले नेपालबाट चाईनिज स्याउ , चाईनिज १० फिटे ईन्चीटेप ,कुखुराको दाना ,चुरोट , युनीलीवर कम्पनीका सबै समान रहेका छन्। तस्कर र प्रहरीको मिलेमतोमा फेयरलवली, फेयरलवलीको पाउच ,प्रोस्टाइल तेल ,क्लोजअप पेस्ट, सन फ्लावर तेललगायतको  करोडौको सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ । त्यस्तै, अर्को टोलीले भारतबाट कपडा ,किराना आईटम, हार्डवयर, मेसीनरी पार्ट्स, सुर्ती, गुट्खा, नेपाली रक्सीको ठूलो कारोवार गरिरहेका छन् ।



    भिस्वा नाकाबाट सशस्त्र प्रहरी बल नेपाल दुई नम्वर बाहिनीका डिआइजी चन्द्रप्रकाश गौतम र १३ नम्वर गणका एसपी राजेन्द्र खड्काले तस्करीलाई छुट दिई मातहतका बिओपी र बेशहरूका इन्चार्जमार्फत मासिक रकम उठाउने गरेको सशस्त्र प्रहरी स्रोतको भनाइ छ ।



    सशस्त्रका एसपी  खड्का र डिआइजी  गौतमको भाग इन्स्पेक्टरले उठाएर पुर्याउने गरेको ती व्यापारी बताउँछन् । उनी भन्छन् ,’अहिले एसपी र डिआइजीले माल खाइरहेका छन् ।’

    यसबाट प्रष्ट हुन्छ कि पर्साको तस्करीमा सशस्त्रका डिआइजी सम्मको साथ छ। पर्साका एक जना नेताले गृहमन्त्री बालकृष्ण खाँणकहाँ पुगेर पर्सामा खुला सिमाका कारण समय- समयमा हुने गरेका आपराधिक घटना नियन्त्रण गर्न  तथा सिमा नाकामा हुने चोरी तस्करीलाई प्रहरीले छुट दिएको र सर्बसाधारणलाई दुख: दिने गरेको गुनासो गरेका छन् ।

    ती नेताका अनुसार गृहमन्त्री खाँणले आफुले तस्करीलाई कुनै हालतमा छुट नदिने आश्वसन दिएका छन् ।

    एसपी खड्का संरक्षणमा मातहतमा रहेका इन्चार्जहरुले चलाएको तस्करी धन्दा गृहमन्त्रीसम्म एक पटक पुगिसकेको र फेरि पनि पुग्नु पर्ने स्थानीय एक बासिन्दा बताउँछन् ।

    पर्सा भिस्वा नाकामा हदसम्मको तस्करी मौलाएको अनलाइन नेपाललाई प्राप्त एक भिडिओबाट पनि प्रष्ट हुन्छ । सिमा नाकामा हुने यस्ता अबैध कार्यमा  बाहिनीका बाहिनीपति डिआइजी चन्द्रप्रकाश गौतमको संरक्षण रहेको प्रहरी स्रोतको भनाई छ ।

    तस्करी गराउने काममा भिस्वा बीओपी प्रमुख देखि १३ गण एसपी समेत छन् । तस्करहरूसंग भिस्वाका इन्स्पेक्टर बानियाँ आफैले डिल गर्ने गरेको भिस्वाका एक व्यापारी बताउँछन् । सिमा नाकामा प्रहरी खटे पनि कसरी पुग्यो भिस्वा पारी भारतको सिकटा गोदाममा चाईनिज स्याउ? यसको छानबिन गर्ने कसले ? स्थानिय बासिन्दा नै प्रश्न गर्छन्।

    वैशाख ५ गते आईतबार भिस्वासँग जोडिएको भारतको सिक्टामा दशगाजा नजिक रहेको गोदामबाट ५ सय २० कार्टुन चाईनिज स्याउ लोड गरिरहेको अवस्थामा सिकटा थाना अध्यक्ष मनिष कुमार शर्मा र भारतीय एसएसबी ४७ वी बटालियन इन्स्पेक्टर सह बीओपी प्रभारी राजनन्द कुमारको सयुक्त टोलीले बरामद गरेपछि यसको रहस्य खुलेको थियो।

    यति मात्रै हैन इन्स्पेक्टर बानियाँले मोटो रकम बुझेर तस्करी गराएको २ ट्रक स्याउ भारतीय प्रहरीले पक्राउ गरेपछि भारतका पत्रपत्रिका देखि नेपालका पनि पत्रपत्रिकामा समेत प्रकाशित भए । छानविनका क्रममा गल्ती गरेको खुलेपछि  इन्स्पेक्टर बानियाँ  दुई पटक वाहिनीमा तानिए । तर संगठनमा उनको राम्रो पहुच रहेका कारण पावर लगाएर जोगिए ।

    डिआईजी गौतमलाई तस्करी  भइरहेको भिडिओ केही महिना अगाडि एक स्थानियले  व्हट्सप्पमा सेन्ड गरेको समेत सार्वजनिक भयो । तर, तस्करी अझै रोकिएको छैन भने तस्कर समुह झन सल्बलाउन थालेको छ। डिआईजी गौतमले भिडियो पठाउने व्यक्तिलाई तस्करीमा साथ दिने प्रहरीलाई कारवाहीका लागि कोड भाशामा फेरी औषधी दिनुपर्ने मेसेज रिप्लाई गरेका थिए।

    तर,अहिले उल्टै तस्करी मौलाउन थालेका कारण डिआईजी गौतमले तस्करलाई साथ दिने प्रहरीलाई डेट एक्सपायर भएको औषधी दिएको भनेर भिडियो पठाउने व्यक्तिले व्यङग गर्न थालेका छन् । डिआईजी गौतम सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालका विश्वाशपात्र मानिन्छन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार