Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कोटेश्वरबाट खैरो हेरोइनसहित तामाङ पक्राउ

काठमाडौं – प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट शनिबार मा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङलाई पक्राउ गरिएको हो।

पक्राउ परेका तामाङको साथबाट १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागु औषध बरामद गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ। उनको साथबाट डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल र ८ थान मोबाइल पनि बरामद गरिएको छ।

तामाङ यसअघि पनि लागु औषध मुद्दामा जेल बसेर छुटेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077