Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मोटरसाइकल चोरेको आरोपमा रामेछापका युवक पक्राउ

काठमाडौं – ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर रहेका छन्।

थापामगरलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। उनले प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको आरोप प्रहरीको छ।

थापाले पेप्सीकोलाबाट मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077