Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एपोलो अस्पतालको बेडबाट झलनाथ खनालको यस्तो सन्देश

काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी)मा रहेको बताएका छन्। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पालतमा उपचार गराई रहेका नेता खनालले आफू नेपाल नेतृत्वको पार्टीमा रहेको जनाएका हुन्।

उनको आधिकारिक फेसबुकमार्फत सचिवालयले भनेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ।’

यसअघि नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अत्निम समसयम्म केही नलागेर विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। शुक्रबार पार्टीको नाम निर्वाचन आयोगमा दर्ता गरेलगत्तै नेपालले लामो स्टाटस लेख्दै एमालेको पुनर्गठन गर्नुपरेको बताएका हुन्।

‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं,’ उनले लेखेका छन्।

अध्यक्ष नेपालले नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण जनताबाट सकारात्मक सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरेका छन्।

उनले हाललाई साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेका नेताहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला आफ्ना तर्फबाट थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद एवम् वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिला संख्या समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेको जानकारी दिएका छन्।

उनी लेख्छन्, ‘हाम्रो दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला÷सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077