Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल समूह छाडेकी अष्टलक्ष्मीलाई मुख्यमन्त्री पद उपहार, बनिन् नेपालकै पहिलो महिला मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन्। माधवकुमार नेपाल समूहलाई नेकपा एमालेकी उपाध्यक्ष शाकयलाई बुधबार राति मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्। यससँगै शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी छिन्।

बुधबार नै नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेताबाड पौडेलले राजीनामा दिएका थिए, त्यसपछि शाक्यलाई संसदीय दलको नेता चयन भएकी थिइन्।

लामो समयदेखि नेपा समूहमा रहेर ओलीविरुद्ध लडेकी शाक्यले पार्टी गठनको समयमा नेपाल समूह त्यागेकी हुन्। ओली समूहले मुख्यमन्त्री अफर गरेपछि उनले नेपाल समूहलाई छाडेको चर्चा चलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077