Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकमा चुम्बन गरेको तस्वीर भाइरल भएपछि सांसद वली भन्छिन् - चरित्रमाथि दाग लगाउने षडयन्त्र हो

काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भयो । उक्त तस्वीरले नेपालको राजनीतिक वृत्तमा खैलाबैला नै मच्चियो।

तस्वीर लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको थियो। उक्त तस्वीर बस्नतेकै फेसबुक स्टोरीबाट सार्वजनिक भएको हो ।

तस्वीर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ । तस्वीरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्थ्यो । फोटो सार्वजनिक भएको भोलिपल्ट सांसद वलीले उक्त फोटोबारे आपत्ति जनाउदै सामाजिक सञ्जालमा आफूविरुद्द रचिएको षडयन्त्र भएको बताएकी छिन्।

फेसबुकमा एक स्टाटस लेख्दै सांसद वलीले भनेकी छिन्,' मेरो चरित्रमाथि दाग लाग्ने गरी साइबर स्यालहरुबाट जुन दुष्प्रयास भयो, यसको कडा भन्दा कडा कारवाहीको माग गर्दछु।' उनले अघि लेखेकी छिन्, मेरो फोटोलाई फोटोसपबाट मिलाएर पोष्ट गरिएको छ,  यसबारे म आफै अनविज्ञ रहेको छु।'

उक्त फोटोबारे थप स्पष्टीकरण दिँदै सांसद वली लेख्छिन्, आफुले माओवादी केन्द्र रोजेपछि नेकपा एमालेका केही सदस्यहरुले आफूमाथि पटक पटक आक्रमण गरेको र मुख्यमन्त्री तथा एमाले नेता (शंकर पोखरेल)को निवासमा बन्धक गरिएको समेत उल्लेख गरेकी छिन्।

 

विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुन्। उत्तरको दुर्घटनामा निधन भएपछि विमलालाई सोही निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077