Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तानमा राष्ट्रपति, उपराष्ट्रपतिको भागाभाग, अमेरिका भन्छ- ‘मिसन सफल भयो’

एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तान मिसन सफल भएको बताएको छ। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले मिसन सफल भएको प्रतिक्रिया दिएका छन्।

अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सिफ्ट गरिएको बताउँदै ब्लिन्कनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गर्न नमिल्ने जिकिर गरेका छन्।

४६ वर्षअघि भियतनाम युद्धका दौरान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो। राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन युद्धसँग तुलना गरिरहेका छन्। अमेरिकी सैनिकको बर्हिगमन सुरु भएको छोटो समयमै तालिवानी विद्रोहीहरुले काबुल कब्जा गरेका छन्।

आइतबार विद्रोहीहरुले काबुललाई घेरा हालेपछि राष्ट्रपति अशरफ गनी देश छाडेर ताजकिस्तानतर्फ गएका छन्। समाचारमा उल्लेख गरिएअनुसार सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्।

आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन्। तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन्। अफगानिस्तानमा विद्रोही समूह तालिबानसामु सरकार निरीह भएको छ।

दोहोरो भिडन्तमा अफगानी सेनाले हार मानिसकेको छ। आइतबार केही सेनाहरु पनि देश छाडेर भागेका थिए। पछिल्ला दिनहरुमा शक्तिशाली बनिरहेको तालिबान आइतबार काबुल प्रवेश गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077