Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी देशकै ठूलो पार्टी बन्छ भन्दै प्रचण्डले ओलीलाई दिए यस्तो दनक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन्।

शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको जानकारी दिए।

‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो। माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ। माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ। त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ,’ उनले भने।

उनी बैठकमा ओलीविरुद्ध पनि खनिएका छन्। नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै ओलीविरुद्ध वैचारिक संघर्ष गरेको प्रचण्डले बताए।

‘हामीले अलि ठूलो सपना देख्यौँ। वाम एकता गर्ने, देशको नेतृत्व कम्युनिस्ट पार्टीले लिने, समाजवादको आधार तयार पार्ने सपना हामीले देख्यौँ र पहल पनि गर्यौं,’ प्रचण्डले केन्द्रीय समितिको बैठकमा भने, ‘बहुमतको सरकार बनेपछि देशमा अब केही हुन्छ र हाम्रो दिन फिर्छ भनेर जनताले आशा पनि गरेका थिए। उत्साहको वातावरण बनेको थियो। तर, पार्टीभित्र प्रतिक्रियावादको प्रवेश भयो र त्यो केपी ओली प्रवृत्तिले परिचित भयो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077