Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौद्रिक नीतिको सूचना चुहाएपछि गर्भनर छानबिनमा

काठमाडौं । मौद्रिक नीतिको सूचना चुहाएपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनका लागि फोन गरेका छन्। २०७६ साल चैत २४ गते अधिकारी गभर्नरमा नियुक्त भएका थिए।

नेपाल राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भनेको मौद्रिक नीति केही मिडियाले तीन–चार घण्टा अघि नै सार्वजनिक गरेपछि इकोनोमिक मिडिया सोसाइटी (इम्शन)ले आपत्ति जनाएको थियो ।

मौद्रिक नीति चुहावट भएकोबारे राष्ट्र बैंकदेखि अर्थमन्त्रालय र सञ्चार क्षेत्रमा हंगामा भएपछि मन्त्री शर्माले गभर्नर अधिकारीलाई सोधपुछ गरेका हुन् ।

जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने जानकारी दिएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले यसबारे अर्थसचिव मधुकुमार मरासिनीसँग पनि सोधपुछ गरेका छन्।

राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव, डेपुटी गभर्नरहरू र सरकारले नियुक्त गरेका तीन जना प्रतिनिधि सञ्चालक हुन्छन्  जसमा गभर्नर अध्यक्ष रहने प्राबधान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077