Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकारले एकैपटक गर्‍यो ८ सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    सरकारले एकैपटक गर्‍यो ८ सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले एकैपटक ८ सचिवहरुको सरुवा गरेको छ। सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा गरेको हो।

    भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ। गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ।



    यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ। जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ।



    त्यस्तै, आठ महिनाअघि सचिवमा बढुवा भएपछि प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन भएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ। ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ।

    सहसचिवबाट सचिवमा बढुवा भएपछि अधिकांशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भए पनि भर्खरै सचिवमा बढुवा भएका दुई सचिवको संघीय निकायमा पदस्थापन गरिएको छ। भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका सचिव किरणराज शर्मा र खगेन्द्रप्रसाद नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको हो। दुवै जना सचिव बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्ततर्फ हाजिर गर्दै आएका थिए।

    तर प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालयमा नै अतिरिक्तमा हाजिर गरिरहेका तीन जना सचिवको भने पदस्थापन हुन सकेन। सचिव कृष्णहरी पुष्कर, डा. रामप्रसाद घिमिरे र हरीप्रसाद मैनालीले बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्ततर्फ हाजिर गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार