Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अहिलेको सरकार अपवित्र गठबन्धनले बनेको ओलीको आरोप

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई ढाल्न गठबन्धन बनाइएको आरोप लगाएका छन्।

सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभई अपवित्र गठबन्धन भएर बनेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

‘अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट होइन अपवित्र गठबन्धन बनेर भएको हो’, बैठकमा बोल्दै ओलीले भने, ‘साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध यो गठबन्धन बनेको हो । जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठनबन्धन हो।’

गठबन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सत्ता गठबन्धनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077