Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवले मधेशका जनतामाथि कुठाराघात गरे, मधेशका मुद्धा कमजोर भयो : राजेन्द्र महतो

रामनारायण यादव, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिता गुमाएका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतामाथि कुठाराघात गरेको आरोप लगाएका छन्।

सप्तरी सदरमुकाम राजविराजमा आज (शुक्रबार) आयोजिता अुगा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महतोले उपेन्द्र यादव पक्षले मधेसी जनताप्रति अपराध गरेको बताएका हुन्। मधेसलाई कमजोर गर्ने षड्यन्त्र अन्तर्गत यादवको मागबमोजिम निर्वाचन आयोगले जसपा फुटाएको महतोको दाबी छ।

‘पार्टीभित्र मत भिन्नता हुन्छन् तर मधेसी जनताको एकताको भावनालाई कुठाराघात गर्दै उपेन्द्र यादव पार्टी विखण्डन गर्ने निवेदन लिएर कुद्दै निर्वाचन आयोग गए। निर्वाचन आयोगले उसको मागबमोजिम पार्टी फुटाइदियो,’ महतोले भने।

‘मधेशी जनाताको भावनलाई एक ठिक्का गर्ने प्रयासस्वरुप तत्कालीन ६ वटा पार्टी मिलेर जसपाको निर्माण भयो। हतारमा गरिएको सम्झौताले अहिले आएर ठुलो समस्या देखा परेको छ,’ उनले थपे, ‘मधेशको मुद्दा कमजोर भयो भने उपेन्द्र यादव पक्षलाई मधेशी जनता कहिले माफ गर्दैनन्,’ उनले थपे।

केपी ओली नेतृत्वको सरकारमा १८ महिना रहेर उपेन्द्र यादवले गर्न नसकेको कार्य आफूहरुले १८ दिनमा गरेको महतोले जानकारी दिए। ‘१ सय ३९ जनाको मुद्दा फिर्ता, नागरिकता अध्यादेश र संविधान संशोधनका लागि कार्यदल गठन लगायतका कार्य हामीले सरकारमा सामेल हुनुभन्दा पूर्व नै ग¥यौं। मधेशको मुद्दा सुन्नै नचाहने केपी ओलिलाई यसतर्फ केन्द्रीत गरायौं,’ उनले भने।

निर्वाचन आयोगले गरेको फैसला आफूहरुले मान्य नभएको महतोले बताए। त्यसविरुद्ध सर्वोच्च अदालत गएको अदालतले दुई हप्ताभित्र गर्ने निर्णयका आधारमा नयाँ पार्टी खोल्ने वा के गर्ने भन्ने सन्दर्भमा विचार गर्ने उनले बताए।

सोही कार्यक्रमा जसपाका केन्द्रिय सदस्य एवं युवा नेता केशव झाले भने नेपालको राजनीतिक अस्थिरतामा नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल (प्रचण्ड)को भूमिका रहेको आरोप लगाए। जसपाकै नेताहरु प्रचण्डको पुच्छर बनेका कारण जसपाको यो हालत भएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077