Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • विमला वली बन्धक प्रकरण :

    सचेतक ढकालको प्रतिक्रिया : ‘कुरा मिलेपछि होटलमा बसौं भन्दा होइन यहीँ बस्छु भन्नुभयो !’

    सचेतक ढकालको प्रतिक्रिया : ‘कुरा मिलेपछि होटलमा बसौं भन्दा होइन यहीँ बस्छु भन्नुभयो !’

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 3.7K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा ‘बन्धक’ बनाएर जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको आराेप लगाए लगत्तै भूमिश्वर ढकालले प्रतिक्रिया दिएका छन् ।

    बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर वलीले मुख्यमन्त्री पोखरेलको निवासमा ‘बन्धक’ बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी थिइन्।



    यसबारे प्रतिक्रिया दिंदै प्रदेशसभाका मुख्य सचेतक ढकालले बिमलाकै राजीखुसीमा दाङबाट मुख्यमन्त्री पोखरेलको निवासमा पुर्‍याएको दाबी गरेका छन् ।



    एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको बताउदै ढकालले भने, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’

    यस्तै, ढकालले थपे, ‘मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो’।

    यस्तो छ प्रदेश सभा ढकालले वलीको पत्रकार सम्मेलनपछि दिएको प्रतिकृयाको पूर्णपाठ :

    विमला जीलाई दाङका पार्टीका साथीहरुले लोकल्ली हाम्रो पार्टीमा आउनुस् भन्नु भएको थियो । त्यसो भए भूमिश्वरजीलाई बोलाइदिनुस् भन्नुभएछ । मलाई बोलाएपछि म उहाँको घरमा गएँ । घरमा उहाँसँग, उहाँको आमासँग कुरा गरियो । त्यसपछि उहाँले त्यसो भए मुख्यमन्त्रीलाई भेटेर कुरा गर्छु भन्नुभयो ।

    अनि हामी बुटवल जान भनेर हिंड्यौं । बुटवल आउने बेला हाम्रो गाडीमा उहाँमात्रै हुनुहुन्थेन । उहाँको आमा र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । इमिलिया पुगेर खाना खायौं । त्यसपछि बुटवलतर्फ लाग्यौं ।

    उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो ।

    हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो ।

    मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो ।

    हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने, बस्ने गर्नुहुन्छ ।

    उहाँले आज गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ हामीले पनि पत्रकार सम्मेलन गरेरै दिन्छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार