Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिनामगंलबाट १ केजी बढी सुनसहित ३ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले सुन जस्तो देखिने धातु (नक्कली सुन)सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवाद घर भएका २७ बर्षीय साकिर अली, २८ बर्षीय ब्दुल सतार र २४ बर्षीय प्यार मोहम्मद रहेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरेर साकिर अली समेतका व्यक्तिहरुले विभिन्न देशहरूबाट अवैध रुपमा सुन चोरेर ल्याई अबैध कारोवार गर्न लागेको भन्ने गोप्य सूचना पाएपछि खटिएको महाशाखाको टोलीले बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सिनामगंलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उक्त होटलमा उनीहरुसँग भएको सिल्भर रंगको पोलिस लगाएको सुन जस्तो पहेलो रङको धातुको रोलहरु एकमुष्ट तौल १ के.जी.८६६ ग्रामको धातु, भारतीय रुपैया एक लाख ५ हजार ५०० र ३ थान मोबाइल समेत बरामद गरेको छ ।

सो सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077