Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविका सबै परीक्षा निरन्तर हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सुरु हुने जनाएको छ । पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा सुचारु छ ।

नियन्त्रक पुष्पराज जोशीले निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहने जनाएका हुन् । उनले भने–‘कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको छ । १९ महिनादेखि रोकिएको परीक्षा सुचारु राखेका हौं । निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहन्छ ।’

स्नातकमा ३० हजार र स्नातकोत्तर तहका ४२ हजार परीक्षार्थी रहेका छन् । जसमा व्यवस्थापन संकायको एक विषय, विज्ञान र शिक्षाशास्त्रका दुई–दुई विषय बाँकी रहेका छन् । उक्त परीक्षा यही साउन २४ गते सकिने छ ।

त्यसैगरी मानविकीतर्फ स्नातक ३ र ४ वर्षे कोर्सको परीक्षा साउन २९ गते सकिन्छ । वार्षिक प्रणालीअन्तर्गतका एलएलबी पहिलो र दोस्रो वर्षको परीक्षा भदौ ११ र २७ गतेबाट हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077