Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देखिएन एमाले एकताको छाँटकाँट, ओलीद्वारा पुरानै शैलीमा ९ विभाग गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ ।

सोमबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता  प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै, प्रवक्ता ज्ञवालीका अनुसार आजको बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको छ जसमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग, स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

यद्यपि पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिबिना अध्यक्ष केपी शर्मा ओलीनिकट सदस्यहरुको बैठकले गरेको यसनिर्णयले झन् पार्टी एकता तर्दैजाने देखिएको छ।

पछिल्लो समय नेपाल पक्षले पार्टी एकताका लागि समान हैसियत र समान अधिकारसहित पार्टीमा आफ्नो स्थान दाबी गर्दै बटमलाइन त्यसलाई नै केन्द्रीत गर्दा आजको यस निर्णयले एकतालाई पर धकेल्न सक्ने देखिन्छ।

तर पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल पक्षलाई समेट्न सकिने प्रवक्ता ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077