Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड ‘तनावमुक्त’ होलान् त ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र यतिबेला मन्त्री छान्न नसकेर सकसमा परेको छ। हुन त मन्त्री छान्ने सकस सबै पार्टीमा उस्तै नै छ। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन नसक्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला संकटमा परेका छन्।

केही समय अघि पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल आफंैले सार्वजनिक कार्यक्रममै माओवादीका ४८ जनै सांसदले मन्त्री बन्न खोजेको भन्दै आफू तनावमा परेको बताएका थिए। दाहालले साउन ९ गते सरकार बिस्तारलाई लिएर आफू चिन्तामा रहेको बताएका थिए। पार्टी प्रवक्ता नेता नारायणकाजी श्रेष्ठ पनि मन्त्रीको दौडमा कुदेपछि प्रचण्ड अप्ठ्यारोमा परेको बताइएको छ।

सरकारमा सहभागी मन्त्रीहरुको टुंगो लगाउने मुख्य एजेण्डासहित माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्। शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन्।

सोमबारको बैठमा मन्त्रीहरुको टुंगो लागेमा प्रचण्डको एउटा तनाव कम हुनेछ। तर, यो तनाव सजिलै सकिने स्थिति नरहेको नेताहरु बताउँछन्। मन्त्रीका आकांक्षीहरु धेरै रहेकाले कसलाई रोज्ने भन्ने सकस प्रचण्डलाई परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077