Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाराजगञ्जमा पारस शाहका समर्थकको प्रदर्शन– ‘श्रीपेच लगाउनेले हेलमेट लगाउँदैन’

काठमाडौं – पूर्व यूवराज पारस शाहका समर्थकले काठमाडौंको महाराजगञ्जमा प्रदर्शन गरेका छन्। शाहका समर्थकहरुले ‘श्रीपेच लगाउनेले हेलमेट लगाउँदैन’ भन्दै प्रदर्शन गरेका हुन्।

शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन गरेका हुन्। पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको वि’रुद्धमा नाराबाजी गरेका थिए। नारायणगोपाल चोकमा एउटा समूहले प्रदर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेपछि ट्राफिक प्रहरी र उनको बीचमा हातपात भएको भिडियो सार्वजनिक भएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए। हेलमेट ल्याएपछि प्रहरीले उनलाई छाडेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077