Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

टर्कीमा सात सय आप्रवासी पक्राउ

एजेन्सी । टर्कीमा सात सयभन्दा बढी आप्रवासी पक्राउ परेका छन् ।

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट उनीहरु पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ ।

जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ ।

पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् । पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका छन् । अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077