Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'मध्यपहाडी लोकमार्ग' ठेक्कामा योजना प्रमुख र ठेकेदार अख्तियारको फन्दामा, ६८ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा तत्कालिन आयोजना प्रमुख र ठेकेदारसहित ५ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मंगलबार मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रवक्ता रिसालका अनुसार आरोपित उनीहरुले एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरेको देखिएको छ।

एउटा ठेक्‍काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्र प्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरेको छ ।

त्यस्तै, तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।

हेर्नुहोस् विस्तृतमा:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077