Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ ।
त्यस्तै पार्टीको १४औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन हाललाई स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077