Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दाङमा जरायोको सिङ र छालासहित तीन पक्राउ

दाङ । दाङमा संरक्षित वन्यजन्तु जरायोको टाउकाको छाला र दुई थान सिङसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ च ४९७ नम्बरको एम्बुलेन्समा जरायोको सिङसहित तुलसीपुरतर्फ आउँदै गर्दा तुलसीपुरको गहते खोलाबाट उनीहरु पक्राउ परेका हुन् ।

बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको एम्बुलेन्समा वन्यजन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद गरिएको हो।

पक्राउ परेकामध्ये केसी एम्बुलेन्स चालक हुन । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077