Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री खाँणद्वारा मन्त्रालयमा कर्मचारीको हेरफेर, सीडीओहरुको पनि सरुवा हुँदै

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कार्यालयमा कर्मचारीको हेरफेर गरेका छन् ।

हेरफेर अनुसार यसअघि गृह मन्त्रालयमा शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख समेत रहने प्रवक्ता समेत फेरिएका छन्। जसमा यसअघिका  प्रवक्ता जनकराज दाहाललाई हटाएर फणिन्द्रमणि पोखरेललाई नयाँ जिम्मेवारी दिइएको छ ।

पोखरेल यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । कर्मचारी प्रशासन लगायत महाशाखा पनि हेरफेर गर्न लागिएको छ ।

त्यस्तै, केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा हुन लागेको गृह मन्त्रालयको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077