आर एन यादव / राजविराज । हिन्दू धर्म संस्कृतिको विरोध गरेको भन्दै बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुत्ला जलाइएको छ ।
भारत युपिका मुख्यमन्त्री योगी आतित्यनाथ विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले पुर्वप्रधानमन्त्री भट्टराईको परिषदका स्वयंसेवकहरुले सप्तरीको सदरमुकाम राजविराजमा भट्टराईको पुत्ला दहन गरेका हुन् ।
परिषदका सदस्य तथा स्वयंसेवकहरुले भट्टराईको पुत्लालाई नगर परिक्रमा गराउँदै राजविराजको दशन चोकमा पुत्ला दहन गरेका थिए ।
योगी आदित्यनाथले गंगा नदीमा दुध प्रवाह गरेको विषयललाई लिएर डा. भट्टराईले समाजिक संजालमा अपशब्द लेखेको विषयलाई लिएर परिषदले पुत्ला दहन गरेको सगरमाथाको सह इन्चार्ज जंग बहादुर सिंहले बताए ।
यस्तै, धनुषामा पनि बिहीबार दिउँसो राष्ट्रीय एकता अभियानका अध्यक्ष विनय यादवको समेत उपस्थितिमा अभियानका जनकपुर संयोजक मनीष पुर्बे, सदस्य चन्द्र भानु साह, सरोज यादव र दीपेन्द्र साहको नेतृत्वमा पुत्ला दहन गरिएको राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले जनाकारी दिईन ।
Leave a Reply