Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सांसद अमरेश सिंहले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिएका छन् ।

सांसद चौधरीले बुधबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको विवादलाई लिएर असन्तुष्ट सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

उनले पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान् कार्यकर्तामा निराशा बढेको र प्रदेशमा कांग्रेस पार्टीको स्थिति खस्केको उनको भनाइ छ ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077