Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मो दाउद हत्या प्रकरण : आरोपित पाँच जना पक्राउ

आर एन यादव / राजविराज । हत्या आरोपमा सप्तरी प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको खड्क नगरपालिका वडा नम्वर ९ मेनहा टोल बस्ने ७० वर्षीय मो दाउदको हत्याको आरोपमा प्रहरीले आइतबार ५ जनालाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न भएको आरोपमा खड्क नगरपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीय नजबुल मियाँ, ५५ वर्षीय मो वालिसु भन्ने मो. कालिम मियाँ, ६० वर्षीय रफु भन्ने रफुवा मियाँ, ४२ वर्षीय मो.ईजराईल मियाँ र ३२ वर्षीय मो. जाकिरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077