Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई समर्थन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय  गरेको छ।

आज माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कांग्रेस सभापति देउवालाई संसदमा विश्वासको मत दिने निर्णय गरेको हो।

बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरुको सहभागिता रहेको थियो ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077