Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेरि समस्यामा मुख्यमन्त्री पोखरेल, विपक्षी गठबन्धनद्वारा राजीनामा माग

बुटवल । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेसँगै उनी पुनः समस्यामा परेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि उनीविरुद्ध विपक्षी गठबन्धनले राजिनामा माग गरेका हुन् । चार दलले स्वेच्छाचारी ढंगले सरकार नचलाउन र मुख्यमन्त्रीबाट राजीनामा दिई बजेट प्रदेशसभा अधिवेशनबाटै पारित गर्न माग गरेका छन् ।

बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्–‘यो अलोकतान्त्रिक र असंवैधानिक स्वेच्छाचारी कदम हो । यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दैछ ।’

यस अघि पनि मुख्यमन्त्री पोखरेलले विहान राजिनामा दिएर बेलुका फेरि सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077