काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीभित्रका २३ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई गद्दारको संज्ञा दिएका छन्।
बुधवार अध्यक्ष ओली सरकारी निवास बालुवाटारबाट बालकोट सर्ने तयारी गरिरहँदा सामाजिक संजालमा ट्वीट गर्दै नेता थापाले यस्तो सुची सार्वजनिक गरेका हुन् ।
उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई काँग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।
थापाले ट्वीटमा लेखेका छन्, ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्ष विभोर क्षण होला !'
उनले माधव नेपालको कामलाई 'हलो ताछी मुङ्ग्रो' बनाएको भन्दै टिप्पणी गरेका छन् । ‘जनादेश विपरीत परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति 'हलो ताछी मुङ्ग्रो' बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ उनले लेखेका छन् ।
https://twitter.com/ThapajiSurya/status/1415088772476063748