Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

शिशुको हत्यामा संलग्न ४ जना पक्राउ

मोरङ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

गत आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले संचालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077