Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूर्य थापाको स्टाटसले माधव नेपाल त्रसित , अदालतलाई प्रभावमा पारेर एकता भाड्न सक्रिय

काठमाडौं । नेकपा एमालेमा एकताको प्रयास भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा नै सहमति भाड्न सक्रिय भएका छन्।

थापाले असार २७ गते मध्यरातिको फेसबुक स्टाटसमा लेख्दै भनेका छन्, 'शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६- २३ = १२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनस्स्थापना!  मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो ! जय नेपाल ।

सूर्य थापाकै उक्त स्टाटसका सम्बन्धमा २०७८ असार २८ गते विहानै एमालेका नेता माधवकुमार नेपाल प्रतिक्रिया दिन बाध्य भएका छन् । नेता नेपालले फेसबुक स्टाटसबाट व्यक्त गरेको प्रतिक्रिया यस्तो छ , 'हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।'

'अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले_का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077