Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका दुई मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एक महिनासम्म विना विभागीय मन्त्री बनेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

जसपाका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय रदीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मनाङे अघिल्लो सरकारमा पनि खेलकुद मन्त्री बनेका थिए । दुवै जना मन्त्रीले पदभार ग्रहण पनि गरिसकेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।

योसँगै गण्डकीमा चार जना मन्त्रीको जिम्मेवारीको टुङ्गो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077