Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नागरिक अगुवाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जन बढी पक्राउ

काठमाडौं । प्रहरीले नागरिक समाजका एक दर्जन जति अगुवालाई पक्राउ गरेको छ ।

आइतबार बिहान सिंहदरबार गेट अगाडि स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध प्रदर्शन गर्न गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अभियन्ता नारायण, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा वाग्लेसहित दर्जन भन्दा बढी रहेका छन् । उनीहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उत्पन्न समस्या समाधानको माग गर्दै सिंहदरबारको गेट अगाडि प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनका क्रममा उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077