Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजमार्गमा आगजनी र ढुङ्गा मुढा गरेर अत्यावश्यक सेवा सञ्चालनमा बाधा पुर्याउने २ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय राजमार्गमा आगजनी तथा ढुङ्गा मुढा गरी अत्यावश्यक सेवा सञ्चालनमा बाधा पुर्याउने २ जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन जिल्ला खैरहनी नगरपालिका २ काशीगाउँ बस्ने ३० बर्षीय सुरज डल्लाकोटी र १८ बर्षीय अनिश बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले बुधबार दिउँसो खैरहनी नगरपालिका वडा न.१ ज्यामिरे शाही चोकमा आगजनी तथा ढुङ्गामुढा गरी राष्ट्रिय राजमार्गमा अबरोध सृजना गर्ने, ढुङ्गा मुढा गरी तथा धाक धम्की दिई सवारी आवागमनमा अवरोध गर्ने गरेका थिए ।

साथै, पक्राउ परेका दुई युवकले प्रहरी टोलीमाथि समेत ढुङ्गा मुढा गरी कर्तव्य पालनामा बाधा पुर्याउने गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077