Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हरिण मारेको आरोपमा झापामा दुई पक्राउ

झापा । झापामा हरिण मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले झापाको कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन्।

पक्राउ परेका दुवै जनाले आठ जनाको समूह मिलेर सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा हरिण मारेर खाएको प्रहरी समक्ष बयान दिएका छन् । हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हास्दा र टुडुलाई पक्राउ गरेको हो ।

सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077