Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रोल्पामा बलात्कार आरोपमा दुई युवक पक्राउ

रोल्पा । रोल्पामा बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ परेका छन् ।

रोल्पाको गंगादेव गाउँपालिका २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।

तुलसीपुर उपमहानगर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए।

असार १५ गते राति होटलमा लगेर वलीले ती बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। असार १६ मा वलीलाई पक्राउ गरेर दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

यस्तै असार १५ गते राति रोल्पाकै गंगादेव २ का २३ वर्षीय देवराज वलीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप छ। उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077